गोरखा समाचारदाता
पोखरा – पोखराको मालेपाटन क्षेत्रमा सालनाल सहित शिशुको शव फेला परेको छ ।
पोखरा महानगरपालिका ५ को मालेपाटनको गोलचौतारा शिशुको शव फेला परेको हो ।
गोल चौतारामा रहेको पानीको नहरमा महिना पुगेको सालनाल सहितको नवजात शिशु (छोरी) को शव फेला परेको कास्की प्रहरीले जनाएको छ ।
प्रहरीले नावजात शिशुको आमाको खोजी सुरु गरेको छ ।




















