गोरखा समाचारदाता
लमजुङ – लमजुङको दोर्दीमा रहेको एक घरमा आगलागी हुदा ४ जना घाईते भएका छन् ।
जिल्लाको दोर्दी गाउँपालिका ३ को केरावारी रहेको घरमा आगलागी हुदा उनीहरु घाईते भएका हुन् ।
लमजुङ प्रहरीले दिएको जानकारी अनुसार केरावारी क्षेत्रमा रहेको सामुदायिक बनमा आगलागी हुदा सोही बाटो हुदै भोटेओडार तर्फ आउदै गरेको बटुवालाई आगोले पोले पछि घाईते भएका हुन् ।
सामुदाकिय बनमा आगलागी गर्ने ब्यक्तीको खोजी भई रहेको प्रहरीले जनाएको छ ।
को को घाईते भए त ?
१) लमजुङ दुधपोखरी गाउँपालिका ६ ओखरेगाउँ बस्ने १७ बर्षिया पुजा गुरुङ (दुवै खुट्टाको घुडामुनी र बायाँ हातमा पोलेको अवस्थामा)
२) लमजुङ दुधपोखरी गाउँपालिका ६ ओखरेगाउँ बस्ने २८ बर्षिया हरीमायाँ गुरुङ (दुवै खुट्टा र हातमा पोलेको अवस्था गंभिर)
३) लमजुङ दुधपोखरी गाउँपालिका ६ ओखरेगाउँ बस्ने १० बर्षिया रश्मी गुरुङ (दुवै खुट्टा र हातमा पोलेको)
४) लमजुङ दुधपोखरी गाउँपालिका ६ ओखरेगाउँ बस्ने ५ बर्षिया अस्मी गुरुङ (दुवै खुट्टा र हातमा पोलेको)


