गोरखा समाचारदाता
पोखरा – पोखराको चालिसेमा गोरु काटेको आरोपमा २ जना पक्राउ परेका छन ।
पोखरा महानगरपालिका ३३ को छप्ल्याङ चालिसे भन्ने स्थानका २ जना युवारुलाई प्रहरीले पक्राउ गरेको हो ।
कास्की प्रहरीका अनुसार विशेष सूचनाको आधारमा चालिसे भन्ने स्थानमा गोरु काटेर मासु बिक्री गरिरहेको अवस्थामा प्रहरीले पोखरा महानगरपालिका ३२ लामेआहालका २७ बर्षिय अनिस भुजेल र ३३ छप्ल्याङका ३७ बर्षिय संजय कार्कीलाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट गोरुको मासु र पुच्छर समेत बरावद गरिएको कास्की प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवैलाई कानूनी कारवाहीका लागि आईतबार अदालत पेश गरिने छ ।




















