×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ७ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ९ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ९ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

श्रीमतीको दोस्रो पुण्यतिथिमा ढोका अगाडि फोटो राखेर भावुक बने कलाकार मदनकृष्ण श्रेष्ठ !

  •  
  • शुक्रबार, चैत २८, २०७६ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौं । कलाकार मदनकृष्ण श्रेष्ठका लागि चैत २८ गते निकै पीडादायी दिन हो । दुई वर्षअघि क्यान्सरका कारण श्रेष्ठकी पत्नी यशोदा सुवेदी श्रेष्ठको निधन भएको थियो । आफूलाई असाध्यै माया गर्ने र केयर गर्ने श्रीमती गुमाउनुपर्दा मदनकृष्ण त्यसदिन निकै रोएका थिए । धार्मिक तिथिअनुसार शुक्रबार यशोदाको दोस्रो पुण्यतिथि । मुलुक लकडाउनमा छ ।

    यस्तो अवस्थामा घरकै परिवारका सदस्यले यशोदाको वार्षिक श्राद्ध गरेका छन् । दोस्रो पुण्यतिथिका दिन मदनकृष्णले श्रीमतीको नाममा बत्ती बालेका छन् । बत्ती बालेपछि घरको ढोका अगाडि राखेको श्रीमतीको तस्बिर हेरेर मदनकृष्ण भावुक बनेका थिए । छोरा यमनले भने श्राद्धको काम गरेका छन् । बुबा बिरामी र कमजोर भएपछि छोरी सराना श्रेष्ठ पनि अहिले नेपालमै आएकी छन् ।

    सन्तान विदेशिएपछि लामो समय एक्लै बिताउँदै आएको मदनकृष्णका सामुन्ने एउटा सुखद संयोग जोडिन पुग्यो। उनीहरूका एक्ला छोरा यमन बैंककबाट अमेरिका पुगे र भएभरका सबै बेचबिखन गरेरसधैंका निम्ति सपरिवार नेपाल फर्किएर आए। तेह्र वर्ष उतै बसेर एमबिए पढेका उनी कुनै होटलमा म्यानेजर थिए। जागिर र घर पनि सम्हालेर जीवनभर आफूलाई एकोहोरो कलाकारितामा लाग्न सघाएकी श्रीमतीलाइ सम्झेर उनि भावुक भैइराहाका हुन्छन ।

    कलाकार श्रेष्ठको जन्म वि.सं. २००७ साल वैशाख ७ गते काठमाडौंमा भएको हो। उनी रामकृष्णलाल श्रेष्ठ र लक्ष्मीका एक्ला छोरा हुन्। त्यसो त अर्की आमाका तर्फबाट भाइ र दुई बहिनी छन्। उनका भाइ नीरव श्रेष्ठ अमेरिकामा नै छन्। बहिनीहरू साधना र सविनाचाहिं यतै छन्। उनका पिताका चारवटा पत्नी थिए। मदनकृष्ण जन्मेको ६ महिनापछि उनकी आमा लक्ष्मी बितिन्। त्यसपछि अर्को विवाह गरे। उनी पनि बितेपछि फेरी अर्को विवाह गरे। दुई पत्नीबाट जायजन्म भएनन्।

    कान्छी आमाले मदनकृष्णलाई छोराकै व्यवहार गर्छिन् र मदनकृष्ण भन्छन्, आमाकै जति माया मैले कान्छीआमाबाट पाएको छु। मदनकृष्णको बाल्यकाल काठमाडौं जितपुरफेदीमा बित्यो। कहिलेकाहीं खसिखेल पनि पुग्थे। त्यहाँ उनका थुप्रै्र साथीहरू छन्। रञ्जना हल बनाउँदा इँटाको मोटर बनाएर खेलेको उनको सम्झना छ। उनको स्कुले जीवन अलि डामाडोल नै रह्यो। १ कक्षा विश्वज्योति सिनेमा भवनअगाडिको स्कुलमा पढे। २, ३, ४ जितपुरफेदीमा पढे।

    ५ कक्षामा कन्या विद्यामन्दिरमा, ६ कक्षा दरबार हाइस्कुल, ७ पद्मोदय, ८ शान्ति विद्यागृह, ९ जुद्धोदय, १० त्रिभुवन दरबार स्कुल, टेस्ट पास भए शान्ति निकुञ्जबाट। बसाइ सरेकाले त्यस्तो भएको उनको अनुभव छ। उनी भन्छन्– म पढ्नमा कमजोर थिइनँ। तर, बलियो हुन पनि पाइनँ। एसएलसीपछि महेन्द्ररत्न पब्लिक कमर्स कलेजमा आइकम गरे। बीकमको प्राइभेट जाँच दिए। अभिनयमा लागेकाले पढाइ अधुरै रह्यो। लामो समय देखि क्यान्सरबाट पीडित मदनकृष्ण श्रेष्ठकी पत्नी यशोदा सुवेदीको २०७४ चैत्र १९ गते राति ललितपुरको हरिसिद्धीमा रहेको क्यान्सर अस्पतालमा निधन भएको थियो । यशोदा पहिले आन्द्रा, त्यसपछि फोक्सो र पछिल्लो समय मेरुदण्डको क्यान्सरबाट पीडित थिइन् ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    शुक्रबार, चैत २८, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.