काठमाडौं– जनस्वास्थ्य वैज्ञानिक डा. समीरमणि दीक्षितले ट्ववीटरमार्फत कोभिड-१९ का बारेमा जनचेतनामूलक ट्वीट गरेर आम सर्वसाधारणलाई उपयोगी जानकारी गराउँदै आउनु भएको छ। उहाँका अधिकांश ट्वटीले कोभिड-१९ बाट बच्ने सल्लाह दिइरहेका हुन्छन् । यसैबीच डा.दीक्षितले आफ्ना पछिल्ला ट्वीटमार्फत केही गम्भिर सुझावहरु दिनु भएको छ ।
उहाँले भन्नु भएको छ –
-लकडाउन १७ दिन पुग्यो,
-संक्रमण भएको ठाउँमा हालसम्म १०-१५ % मा कडा लक्षण देखिसक्नु पर्ने हो, ३-५% को मृत्यु भइसक्नुपर्ने हो,
उहाँले वर्तमान अवस्थाको यथार्थ चित्रणमात्र गर्नु भएको छैन, केही सुझावहरु पनि दिनु भएको छ ।
उहाँका सुझावहरु यस्ता छन्-
-अर्को मंगलबारसम्म पनि संक्रमण नदेखिएका ठाउँमा थप १ हप्ता लकडाउन अनि चरणबद्ध खुलाउने,
-संक्रमितस्थल वरिपरि थप केहि हप्ता लकडाउन,
-भारत सिमा थप केही हप्ता बन्द नै राखौं ।
-लामो दुरीका सवारी आवागमन थप २-३ हप्ता रोकी राखौं ।
-बिमानस्थल थप केही हप्ता बन्द राखौं ।
मुख्य कुरो यो कि लकडाउन समाधान होइन । लकडाउनको ३-४ हप्तापछि पनि संक्रमण नदेखिनु (परिक्षण वा लक्षणमा आधारित) भनेको समाजमा यसले निरन्तरता पाउन नसकेको बलियो संकेत हो । देश चल्न थाल्नुपर्छ, विस्तारै । डा. दिक्षितलाई ट्वीटरमा @smadixit मा फलो गर्न सकिन्छ ।


