गोरखा समाचारदाता
काठमाण्डौं – पूर्व प्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले कोरोना महामारी नियन्त्रणका लागि राज्य र नागरिकबीचको सहकार्यको आवश्यकता रहेका औंल्याएका छन् ।
डा.भट्टराईले आज (बिहीबार) एक भिडियो सन्देश सार्वजनिक गर्दै राज्य र नागरिकबीचको सहकार्यले मात्र अहिलेको महामारीवाट पार पाउन सकिने बताएका हुन् ।
डा.भट्टराईले तीन तहका सरकारबीच तालमेल मिलाउने र स्थानीय तहमा सर्वपक्षीय संयन्त्र निर्माण गरेर सहकार्य गर्नुपर्ने आवश्यकता समेत औंल्याएका छन् । लकडाउनमा चिन्ता भन्दा चिन्तन गर्नुपर्ने उनको भनाइ छ ।
तनाव मुक्त भएर सकारात्मक सोच राखे रोग प्रतिरोधी क्षमता बढने नेता भट्टराईको सुझाव छ । उनले विदेशवाट आएका नेपालीलाई २ हप्ता अनिवार्य क्वारेन्टिनमा बस्न आग्रह पनि गरेका छन् ।
सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई आवश्यक सामाग्री उपलब्ध गराउन र विपन्नकालागि राहत ब्यवस्था गर्न भट्टराईले सरकारको ध्यानाकर्षण पनि गराएका छन् ।


