गोरखा समाचारदाता
काठमाण्डौं – कोरोना भाइरसको संक्रमणका कारण देशभरका कारागारबाट ४ सय भन्दा बढी कैदीले सजायमा छुट पाएर जेलमुक्त भएका छन् ।
सर्वोच्च अदालतको आदेश पछि सरकारले देशभरीका कारागारबाट ४०९ जना कैदीबन्दीहरुलाई कारागार मुक्त गरेको हो ।
सर्वोच्च अदालत र महान्यायाधीवक्ता कार्यालयले कारागारमा रहेका कैदीहरु मध्ये १ वर्षभन्दा कम कैद सजाय पाएकाहरुलाई बाँकी अवधिको प्रतिदिन ३ सयका दरले पैसा तिराएर छुट दिने निर्णय गरेपछि उनीहरु जेलमुक्त भएका हुन् ।
सोही व्यवस्था अनुसार कैदमा रहेका १९० जना र बालसुधार गृहमा रहेका २१९ जना बालबालिकाले सजाय छुट पाएका हुन् । कारागार ब्यवस्था विभागका अनुसार बुधबारसम्म ५५८ कैदीले सजाय छुटका लागि निवेदन दिएका थिए ।
देशभरका कारागारमा २४ हजार ७ सयभन्दा बढी कैदीबन्दी रहेका छन् । जेलहरुको क्षमता भने १६ कजार कैदी राख्ने मात्रै रहेको छ ।


