कोरोना भाइरसले पछिल्ला केही महिना यता विश्व लाई नै आक्रान्त बनाइ रएको छ । यसले नेपाल मा पनि निकै असहज स्थिति ल्याएको छ ।
जसका कारण विगत दुई हप्ता यता पूर्ण रूपमा लकडाउन जारी गरिएको छ । र शिक्षा, स्वास्थ्य लगायत मनोरञ्जन सबै क्षेत्रमा नराम्रो असर परेको छ ।
जनजीवन नै कष्टकर बनिरहेका बेला शारीरिक समस्यासँग लडिरहेका बिरामीका लागी निकै अप्ठेरो भइरहेको छ । जसका कारण बजारमा रगतको अभाव भएको छ ।
दीर्घ रोगी र नियमित उपचार गराइरहेका बिरामी देखी इमर्जेन्सी बिरामीको लागी अत्यावश्यक हुने रगत अभाव हुँदा समस्या भएको खबर बाहिरिइरहेका बेला चलचित्र ‘प्रेम गीत ३’ टिमले रक्तदान गरेको छ । चलचित्रका निर्माता निर्देशक सन्तोष सेनले चलचित्रको टिमले नै रक्तदान गरेको बताएका छन् ।


