मुम्बई- कोरोना भाइरसको संक्रमणसंग लड्नका लागि बलिउडका स्टारहरु मन खोलेर सहयोग गरिरहेका छन् । कोही पीएम केयर्समा रकम जम्मा गरिरहेका छन् भने कोही सीएम रिलीफ फण्डमा । कतिपय कलाकारहरुले एनजिओसंग सहकार्य गर्दै गरिवहरुको सहयोगमा जुट्ने घोषणा गरिरहेका छन् ।
यसैबीच अभिनेता ऋतिक रोशनले पनि एउटा एनजिओसंगको सहकार्यमा ज्येष्ठ नागरिक तथा मजदूरहरुलाई खाना खुवाउने निर्णय गरेका छन् । ऋतिकले उक्त एनजिओसंग मिलेर एक लाख भन्दा बढी व्यक्तिहरुलाई खाना खुवाउने घोषणा गरेका हुन् ।
ऋतिकको उक्त पहललाई लिएर उक्त एनजिओले सुपरस्टार ऋतिक रोशनको नाम जोडिएकोमा खुशी व्यक्त गरेको छ । एनजिओले ऋतिकसंगको सहकार्यमा भारतका निम्न आय भएका, वृद्धाश्रममा आश्रित व्यत्तः तथा मजदूरहरुलाई पाकेको पौष्टिक भोजन खुवाउने घोषाा गरेको हो ।
यसबारेमा ऋतिककले लेखेका छन्- ‘म तपाईंहरुलाई के सुनिश्चित गर्ने शक्ति दिन्छु भने हाम्रो देशमा कोही पनि भोकले मर्ने छैन ।’


