गोरखा समाचारदाता
गोरखा – गोरखाको एक गाउँपालिकाले लकडाउनमा खाद्य समस्या हुन सक्ने भन्दै ३ करोड रुपैयाँ सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।
जिल्लाको भीमसेन थापा गाउँपालिकाले लकडाउनका बेला जेष्ठ नागरिक तथा एकल र अपांग भएकाहरुलाई समस्यामा पर्न सक्ने भन्दै सामाजिक सुरक्षा भत्ता बितरण गरेको हो ।
गाउँपालिकाले ८ वटै वडामा रहेका करिब ४०० जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको अध्यक्ष ईश्वर पाण्डेले बताए । ‘लकडाउनले आफ्नो गाउँपालिका भित्र सामाजिक सुरक्षा भत्ता पाउनेहरुलाई समस्या पर्न सक्ने आकल गर्दै पहिले नै वडाध्यक्ष र वडा सचिवलाई घर घर पुगेर वितरण गर्न भनेको’ अध्यक्ष पाण्डेले भने ।
चैत्र २२ गते देखी वितरण सुरु गरिएको सामाजिक सुरक्षा भत्ता पाए संगै उनीहरु पनि खुशी भएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार अश्राङ, बोर्लाङ, धावा, तान्द्राङ, मसेल र वगुवामा बसोबास गर्ने जेष्ठ नागरिक, एकल महिला, अपांगता भएकाहरुलाई उत्त रकम वितरण गएिको हो ।
साविकको ६ वटा गाउँपालिकालाई गाभेर निर्माण गरिएको भीमसेन थापा गाउँपालिकाको ८ वटा वडा छ ।


