गोरखा समाचारदाता
काठमाण्डौं – कोरोना भाइरसको संक्रमणबाट बेलायतमा थप ३ जना नेपालीको ज्यान गएको खबर प्राप्त भएको छ ।
ज्यान गुमाएकाहरुमा २ जना भूतपूर्व गोर्खा सैनिक हुन् भने १ जना पारिवारिक भेटघाटमा बेलायत पुगेका वृद्ध हुन् मानिस हुन ।
प्राप्त समाचार अनुसार लण्डनको नर्थविक पार्क अस्पतालमा ५९ वर्षीय भूतपूर्व गोर्खा चेतप्रसाद गुरुङको निधन भएको छ। नेपालको पर्वत पैंयू घर भएका गुरुङ मधुमेहका रोगी थिए । १ साता पहिला अस्पताल भर्ना भएका उनलाई सोमबारदेखि भेन्टिलेटरमा राखिएको थियो ।
यसैगरी बेलायतको नटिङहममा बस्दै आएका अर्का भूतपूर्व गोर्खाको पनि बुधबार नै निधन भएको हो । ५८ वर्षीय शिव श्रेष्ठको स्थानीय अस्पतालमा ज्यान गएको हो । केही दिनदेखि घरमै आइसोलेसनमा बस्दै आएका श्रेष्ठलाई श्वासप्रश्वासमा समस्या भएपछि बुधबार बिहान अस्पताल भर्ना गरिएको थियो ।
त्यसैगरी नर्थविक अस्पतालमा बुधबार अर्का १ जना नेपालीको पनि निधन भएको छ। वेलायतमा भएका आफ्ना परिवारलाई भेट्न बेलायत गएका ७६ वर्षका वृद्धको ज्यान गएको उनको परिवारले जानकारी दिएको हा छ ।
विगत ४ दिनदेखि उपचाररतः उनलाई बचाउन नसकिएको जानकारी अस्पतालले फोन गरेर गराएको थियो ।
यसअघि पनि बेलायतमा २ नेपालीको कोरोनाका कारण ज्यान गइसकेको छ ।


